१९ असार २०८३, शुक्रबार

मुक्तिनाथ विकास बैंकका सीईओ मानन्धरले गरे पदभार ग्रहण

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडको सञ्चालक समितिको निर्णय अनुसार बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा नियुक्त भएका तारा मानन्धरले शुक्रबार पदभार ग्रहण गरेका छन् ।

बैंकिङ तथा व्यवस्थापन क्षेत्रमा अब्बल मानन्धरले विभिन्न वाणिज्य बैंकहरुको उच्च कार्यकारी भूमिकामा रही काम गरेका थिए । पछिल्लो समय उनले डिस मिडिया नेटवर्कमा प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्य गरेका थिए । उनको नेतृत्वले संस्थागत तथा रणनीतिक विकास, सुशासन तथा दिगो बैंकिङ अभ्यासलाई थप प्रभावकारी बनाउने विश्वास बैंकले लिएको छ ।

नवनियुक्त प्रमुख कार्यकारी अधिकृत मानन्धरले बैंकको दीर्घकालीन लक्ष्य, उच्चस्तरीय ग्राहक सेवा, कर्मचारीहरुको उच्च मनोबल तथा सरोकारवालाहरुले राखेको विश्वासलाई अझ सुदृढ बनाउँदै बैंकलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

मुक्तिनाथ विकास बैंकले उनको सफल कार्यकालको शुभकामना व्यक्त गर्दै आगमी दिनमा बैंकले अझ उत्कृष्ट वित्तीय सेवा प्रदान गर्दै राष्ट्रिय अर्थतन्त्रमा सकारात्मक योगदान पुर्‍याउने विश्वास लिएको छ ।