काठमाडौं । जेनजी अगुवाहरूले सरकारले बोलाएको छलफल बहिष्कार गरेका छन् ।
सरकारले संविधान संशोधनको लागि जेनजी अगुवाहरूलाई आज छलफलमा बोलाएको थियो । उनीहरूले आज संयुक्त विज्ञप्ति जारी गर्दै आफूहरूसँग सरकारले विगतमा गरेको सम्झौता कार्यान्वयन नभएको र सरकार एकलौटी तथा अपारदर्शी ढंगले अघि बढेको भन्दै छलफलमा सहभागी नहुने घोषणा गरेका हुन्।
२५ जना जेनजी अगुवा तथा आन्दोलनकारीहरूले संयुक्त विज्ञप्ति जारी गर्दै छलफलमा सहभागी नहुने घोषणा गरेका हुन्।
‘आन्दोलनमा सहभागी भएकै कारण सयौं साथीहरूले आज पनि झुट्ठा मुद्दा खेपिरहेका छन् भने सहिद परिवार र घाइतेहरू न्यायको पर्खाइमा छन्,’ उनीहरुले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेपाल सरकारसँग २०८२ मंसिर २४ मा भएको १० बुँदे सम्झौता अझै कार्यान्वयन भएको छैन । जेनजी आन्दोलन छानबिन गर्न बनेको गौरीबहादुर कार्की आयोगको प्रतिवेदन औपचारिक रूपमा सार्वजनिक र कार्यान्वयन हुन सकेको छैन।’
उनीहरूले छलफलका लागि ६ बुँदे माग पनि अघि सारेका छन्।








प्रतिक्रिया