मकवानपुर । राष्ट्रिय युवा संघ नेपालको ३७ औं स्थापना दिवसको अवसरमा युवा संघ मकवानपुरले हेटौंडा–१० स्थित संस्कृत वेद विद्यालयलाई खाद्यान्न सहयोग गरेको छ ।
४५ जना विद्यार्थी अध्ययनरत संस्कृत वेद विद्यालयमा खाद्यान्न अभाव रहेको जानकारी पाएपछि जिल्ला कमिटीले आवश्यक खाद्यान्न (दाल, चामल, तेल, तरकारीमा मस्यौरा लगायतका) ५० हजार रुपैयाँ बढीको सामग्री सहयोग गरेको जिल्ला अध्यक्ष राजेश नगरकोटीले जानकारी दिए । स्थापना दिवसकै अवसरमा हेटौंडा–१० स्थित वन समितिको क्षेत्रमा वृक्षारोपण कार्यक्रम समेत गरिएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा (एमाले)का केन्द्रीय सदस्य रामेश्वर रानाले विद्यालय स्थापनाकालदेखि नै आफूहरू विभिन्न गतिविधिमा जोडिँदै आएको स्मरण गर्दै एउटा छाप्रोबाट सुरु भएको विद्यालय अहिले बृहद् भवनसहित अघि बढेको देख्दा खुसी लागेको बताए ।
उनले आफू जिल्ला समन्वय समितिमा रहँदादेखि नै विद्यालयलाई सहयोग गर्दै आएको उल्लेख गर्दै हेटौंडा–११ का गुरु प्रेमप्रसाद पराजुलीले विद्यालयप्रति देखाएको समर्पणको समेत प्रशंसा गरे ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण थापाले आवश्यक खाद्यान्न उपलब्ध गराएर युवाहरूले देखाएको सहयोग र एकताप्रति हार्दिक आभार व्यक्त गरे ।








प्रतिक्रिया