२३ असार २०८३, मंगलबार

साम्पाङको प्रश्न– जनतालाई सम्बोधन नगर्ने, जेनजी शहीदलाई पनि नसम्झने बालेनलाई कसरी प्रधानमन्त्री भनूँ ?

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बालेन साहको संसदीय कार्यशैलीप्रति फेरि असन्तुष्टि जनाएका छन् ।

सांसद समेत रहेका साम्पाङले शुक्रबार फेसबुकमा छोटो टिप्पणी लेख्दै प्रधानमन्त्री बालेनले जनताको नाममा सम्बोधन नगरेको मात्रै नभई ‘जेनजी शहीद’प्रति पनि श्रद्धाञ्जली व्यक्त नगरेको भन्दै प्रधानमन्त्रीको आलोचना गरेका हुन् ।

‘बालेनले जनताको नाममा त सम्बोधन गरेन गरेन तर जेनजी शहीदहरुलाई त कम्से कम सम्झेर सदनबाट दुई शब्द श्रद्धासुमन व्यक्त गर्न सक्थो ! त्यो पनि गरेन ! यस्तो मान्छेलाई कसरी म प्रधानमन्त्री भनूँ ???’ साम्पाङको प्रश्न छ ।

यसअघि आजै साम्पाङले एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री बालेनको कार्यशैलीप्रति गम्भीर आपत्ति जनाउँदै प्रधानमन्त्रीको राजीनामा मागेका थिए ।