काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ४ हजार रुपैयाँले घटेर तोलामा २ लाख ९८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो बिहीबार सुन ३ लाख २ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी ३५५ रुपैयाँले घटेर ५ हजार ३ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो बिहीबार चाँदी ५ हजार ७ सय ४५ रुपैयाँमा कारोबार भएको थियो ।








प्रतिक्रिया