३२ असार २०८३, बिहिबार

इरानी अभिनेत्रीसँग नजिकिएको भन्दै फ्रान्सेली राष्ट्रपतिलाई पत्नीले हानेकी थिइन् थप्पड

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनलाई भियतनाममा उनकी श्रीमती ब्रिजिट म्याक्रोनले इरानी मूलकी अभिनेत्रीको कारण थप्पड हानेको दाबी गरिएको छ ।

न्यु योर्क पोस्टका अनुसार फ्रान्सेली पत्रकार फ्लोरियन टार्डिफले आफ्नो नयाँ पुस्तक ‘एन (अल्मोस्ट) परफेक्ट कपल’मा लेखेका छन् ।

बुधबार प्रकाशित उक्त पुस्तकमा भनिएको छ– यो विवाद इरानी मूलकी अभिनेत्री गोलशिफतेह फराहानी र राष्ट्रपति म्याक्रोबीचको कथित कुराकानीबाट उत्पन्न भएको थियो ।

रिपोर्टका अनुसार, राष्ट्रपति म्याक्रोनले अभिनेत्रीलाई मोबाइलमा म्यासेज पठाउने गर्थे । एउटा म्यासेजमा उनले लेखेका थिए– मलाई तिमी धेरै सुन्दर लाग्छ ।

फ्रान्सेली मिडिया रिपोर्टहरूका अनुसार म्याक्रोन र फराहानीबीच धेरै महिनादेखि ‘प्लेटोनिक’ सम्बन्ध थियो । यद्यपि, रिपोर्टमा यो सम्बन्ध भावनात्मक र व्यक्तिगत कुराकानीमा सीमित रहेको उल्लेख गरिएको छ ।

म्याक्रोन गत वर्ष मे २५ मा भियतनाम पुगेका थिए । त्यस क्रममा उनकी श्रीमती ब्रिजिटले हनोईको नोई बाई अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई थप्पड हानेको देखिएको थियो । उक्त भिडियो अहिले सामाजिक सञ्जालमा तीव्र भाइरल भइरहेको छ ।