काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चीनको राजधानी बेइजिङमा चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेट गरेका छन् ।
सीले बेइजिङको ग्रेट हल अफ द पिपलमा ट्रम्पलाई स्वागत गरेका हुन् । त्यसक्रममा ट्रम्पलाई गार्ड अफ अनर दिइएको थियो ।
बैठकको सुरुमा सीले विश्वले यो बैठकलाई नजिकबाट हेरिरहेको बताए । उनले विश्व द्रुत गतिमा परिवर्तन भइरहेको र अमेरिका–चीन सम्बन्ध विश्वव्यापी स्थिरताको लागि महत्त्वपूर्ण रहेको बताए ।
सीका अनुसार अमेरिका र चीन दुई देशहरू प्रतिद्वन्द्वी होइन, साझेदार बन्नुपर्छ ।
यसैगरी, ट्रम्पले सीको प्रशंसा गर्दै अमेरिका र चीनबीचको सम्बन्ध पहिलेभन्दा अझ राम्रो हुने बताए । ‘तपाईंको साथी हुनु सम्मानको कुरा हो ।’ उनले भने ।
विश्वका केही प्रमुख व्यापारिक नेताहरूलाई आफूसँगै चीन ल्याएको पनि ट्रम्पले बताए ।
ट्रम्पको प्रतिनिधिमण्डलमा स्पेसएक्सका प्रमुख एलन मस्क, एप्पलका सीईओ टिम कुक र बोइङका सीईओ लगायत धेरै प्रमुख अमेरिकी व्यापारिक नेताहरू छन् ।








प्रतिक्रिया