काठमाडौं । इरानी सेनाले अमेरिका र इजरायलसँगको युद्धबाट अब पछि हट्ने ठाउँ नभएको बताएको छ ।
सेनाका प्रवक्ता ब्रिगेडियर जनरल मोहम्मद अकरमी नियाले अमेरिकासँगको युद्धविराम धेरै कमजोर भएकाले इरानको सेना र सुरक्षा बल पूर्ण रूपमा तयार रहेको बताएको इरानी सञ्चारमाध्यमले जनाएका छन् ।
रिपोर्टका अनुसार नियाले होर्मुजको पश्चिमी भाग इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी)को नौसेनाद्वारा नियन्त्रित छ भने पूर्वी भाग इरानको नियमित नौसेनाको जिम्मेवारीमा रहेको उल्लेख गरेका छन् ।
उनले इरानी सेनाले शत्रुलाई आफ्नो कुनै पनि उद्देश्य प्राप्त गर्नबाट रोक्दै आएको दाबी गरेका छन् । युद्धको क्रममा मध्यपूर्वमा रहेका अमेरिकी सैन्य अड्डाहरूमा रहेका असंख्य उपकरणहरू नष्ट गरिएको उनको दाबी छ ।








प्रतिक्रिया