१७ असार २०८३, बुधबार

यस्तो बनेर आयो सांसद डा. अन्जान शाक्यको नयाँ गीत ‘तिमी छौ त त्यो याद पनि मिठो छ’

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय सभाकी सांसद डा. अन्जान शाक्यको स्वर रहेको नयाँ म्युजिक भिडियो ‘तिमी छौ त त्यो याद पनि मिठो छ’ सार्वजनिक भएको छ ।

गीत शाक्यको आफ्नै आधिकारिक युट्युब च्यानल ‘डा. अन्जान शाक्य’मार्फत सार्वजनिक गरिएको हो । गीतमा बाल्यकालदेखिको निष्कलङ्क प्रेम समयसँगै परिपक्व हुँदै सफलतामा रूपान्तरण भएको कथालाई चित्रण गरिएको छ ।

म्युजिक भिडियोमा पछिल्लो समय बढ्दै गएको एआईको प्रयोगलाई समेत उपयोग गरिएको छ ।

बुधबार सार्वजनिक गीतमा राजी किपूको शब्द र हरि हरिशरण सायमीको संगीत रहेको छ भने भिडियो निर्देशन रवि शाक्यले गरेका हुन् ।

आजभन्दा करिब २३ वर्षअघि शाक्यले ‘शिरीष’ एल्बम सार्वजनिक गरेकी थिइन् । त्यसपछि विद्यावारिधिको तयारी र व्यावसायिक काममा व्यस्त भएकी शाक्यले केही महिनाअघि मात्रै ‘मेरो गीत भित्र’ नामक म्युजिक भिडियो सार्वजनिक गरेर गायन क्षेत्रमा पुनः सक्रिय भएकी थिइन् ।

‘इजरायलका लागि पूर्वनेपाली राजदूत डा. शाक्यले ‘रोज’, ‘बहार’, ‘श्रद्धापुष्प’, ‘अन्जानपथ’ लगायतका एकल एल्बम र दर्जनौँ कलेक्सन एल्बममा स्वर दिएकी छन् ।