१२ श्रावण २०८३, मंगलबार

क्लासिक टेकप्रति ग्राहकको बढ्दो आकर्षण

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपालका इन्टरनेट सेवा प्रदायक कम्पनीहरूमध्ये क्लासिक टेकप्रति ग्राहकहरूको आकर्षण निरन्तर बढ्दै गएको हालै सार्वजनिक तथ्यांकले देखाएको छ । नेपाल दूरसञ्चार प्राधिकरण (एनटीए)ले हालै प्रकाशन गरेको तथ्यांकले नेपालमा इन्टरनेट सेवा दिइँदै आएका अधिकांश सेवा प्रदायकमा भन्दा क्लासिक टेकमा ग्राहकको बढ्दो आकर्षण रहेको हो ।

गतवर्ष २०८२ फागुन र चैत महिनाको नयाँ इन्टरनेट जडान गर्ने ग्राहकको संख्यामा इन्टरनेट वर्गीकरण अनुसार क्लासिक टेक पहिलो रहेको तथ्यांकमा उल्लेख छ ।

तथ्यांक अनुसार, २०८२ सालको फागुन महिनामा क्लासिक टेकका कुल ग्राहक संख्या २७९,८४८ रहेकोमा चैत महिनामा बढेर २८३,३७१ पुगेको छ । यस अवधिमा कम्पनीले ३,५२३ नयाँ ग्राहक थप्न सफल भएको देखिन्छ । तथ्यांकलाइ हेर्दा विशेषगरी २०८२ सालको फागुन र चैत महिनाको ग्राहक क्लासिक टेकले उल्लेखनीय रूपमा नयाँ ग्राहक थप्न सफल भएको देखिन्छ ।

कम्पनीप्रति ग्राहकको आकर्षण बढ्नुमा सहुलियत मूल्यमा गुणस्तरीय इन्टरनेट सेवा उपलब्ध गराउनु तथा अत्याधुनिक प्रविधियुक्त वाइफ़ाइ सिक्स राउटर साना देखि ठूला सबै प्याकेजमा उपलब्ध गराउनु मुख्य कारणका रूपमा हेरिएको र यति मात्र नभई ५० एमबिपीएस देखि ३०० एमबिपीएससम्मका ३ महिने तथा वार्षिक प्याकेजहरूमा समेत वाइफाइ सिक्स राउटर प्रदान गराइएकाले ग्राहकहरूको रोजाइमा क्लासिक टेक पर्न सफल भएको कम्पनीको भनाइ छ ।

इन्टरनेट जस्तो अत्यावश्यक सेवामा ग्राहक समर्थन तथा प्राविधिक सेवाको विषय भने कम्पनीका लागि चुनौतीपूर्ण रहँदै आएको छ । विशेषगरी वर्षायाममा मौसम परिवर्तन, फाइबर लाइन क्षति तथा विभिन्न प्राविधिक समस्याका बाबजुद पनि कम्पनीले सेवा विस्तार र ग्राहक सन्तुष्टिलाई प्राथमिकतामा राख्दै आएको जनाएको छ । केही समयअघि क्लासिक टेकले ग्राहक समर्थन तथा टेक्निकल फिल्ड सपोर्ट सेवा सुधारका लागि विशेष सेवा अभियान समेत सञ्चालन गरेको थियो । कम्पनीका अनुसार नयाँ ग्राहक विस्तारसँगै विद्यमान ग्राहकलाई प्रभावकारी सेवा उपलब्ध गराउनु पनि उत्तिकै प्राथमिकतामा रहेको छ।

घरायसी सेवासम्बन्धी सहयोगका लागि ग्राहकहरूले ९८०२९२२३०४ मा सम्पर्क गर्न सक्नेछन् भने अफिसियल तथा कर्पोरेट सपोर्टका लागि ९८०२६२२३०३ मा सम्पर्क गर्न सकिनेछ । साथै, क्लासिक टेक मोबाइल एपमार्फत पनि ग्राहकहरूले आफ्नो समस्या वा सेवासम्बन्धी टिकट दर्ता गर्नसक्ने व्यवस्था रहेको कम्पनीले जानकारी दिएको छ ।