२५ असार २०८३, बिहिबार

यस्तो छ विपिन र केकी अभिनित ‘काजी’को प्रेमिल ट्रेलर

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । आगामी जेठ ८ गतेबाट देशव्यापी प्रदर्शनमा आउने सिनेमा ‘काजी’को ट्रेलर सार्वजनिक गरिएको छ ।

मंगलबार सार्वजनिक सिनेमाको ३ मिनेट ६ सकेण्ड लामो प्रेमिल ट्रेलर सार्वजनिक गरिएको हो । सार्वजनिक ट्रेलरले सिनेमाको कथावस्तुबारे संक्षिप्तमा प्रकाश पारेको छ । पारिवारिक सम्बन्धमा आउने उतारचढावलाई सिनेमाले प्रस्तुत गर्ने संकेत ट्रेलरले गर्छ ।

सार्वजनिक ट्रेलरमा विपिन कार्की ‘काजी’ र केकी अधिकारी ‘कजिनी’ पात्रको रुपमा प्रस्तुत छन् । सिनेमाको प्रेमिल ट्रेलरले दर्शकमामझ ‘काजी’लाई लिएर कौतुहल्ता सिर्जना गर्न सफल देखिन्छ । विवाह पश्चात एक जोडीको प्रेमलाई सुन्दर ढंगले देखाइएको छ । ट्रेलरमा सिनेमाको मेकिङ ग्राण्ड देखिनुका साथै त्यसमा समावेश संवादले दर्शकको ध्यान खिच्न सफल छ ।

रामप्रसाद रिजालको प्रस्तुति रहेको सिनेमामा विपिन र केकीसहित सिनेमामा गरिमा शर्मा, प्रकाश घिमिरे, हेमन्त बुढाथोकी, विशाल पहारी, विनोद न्यौपाने, रश्मी भट्ट, हिउँवाला गौतम, सन्दिपबाबु लोहनी, रोजी श्रेष्ठ, गंगा शर्मा, नवराज गिरि, बुद्धी सागर खनाल, प्रशंसा सुवेदी, कृतिका शर्मा र बाल कलाकार दिक्षिता अर्याल लगायतको अभिनय छ ।

रिजाल एण्ड रिजाल प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिनेमालाई लक्ष्मण रिजालले निर्देशन गरेका हुन् । प्रदीप भारद्धाजको लेखन रहेको सिनेमामा चिन्तन राजभण्डारीको छायांकन, कालिप्रसाद बास्कोटाको संगीत, ओजस्वी ओझाको प्रोडक्सन डिजाइन, रंग संयोजक श्याम कुँवर, सागर अर्यालको साउण्ड डिजाइन र सुजिल कर्माचार्यको पाश्र्व संगीत छ ।

क्रिएटिभ हेड रोनाल्ड श्रेष्ठ, नृत्य निर्देशक कविराज गहतरज, प्रोडक्सन हेड प्रकाश हमाल, सम्पादन सुपरभाइजर बनिश शाह र सम्पादक विपिन मल्ल रहेको सिनेमाको कार्यकारी निर्मातामा असिम काफ्ले र निर्माता नेहान रिजाल, विकाश राज जोशी छन् ।

चलचित्रलाई श्रीराम बालाजी फिल्मस्ले नेपालभर वितरण गर्नेछ ।