काठमाडौं । जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा गुजरात टाइटन्सले सनराइजर्स हैदरावादलाई ८२ रनले पराजित गरेको छ । यो जितसँगै गुजरात १६ अंकसहित तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।
गएराति अहमदावादको नरेन्द्र मोदी रंगशालामा भएको खेलमा हैदरावादले टस जितेर बलिङ रोज्यो ।
गुजरातले २० ओभरमा ५ विकेट गुमाएर १६८ रन बनायो । गुजरातका साई सुदर्शनले सर्वाधिक ६१ रन बनाए । वाशिंगटन सुन्दरले ३३ बलमा ५० रन बनाए । हैदरावादका लागि प्रफुल हिङ्गे र शकिब हुसेनले दुईदुई विकेट लिए भने प्याट कमिन्सले एक विकेट लिए ।
जवाफी ब्याटिङमा हैदरावाद १४.५ ओभरमा ८६ रनमा अलआउट भयो । हैदरावादका लागि कप्तान प्याट कमिन्सले सर्वाधिक १९ रन बनाए ।
गुजरातका लागि कागिसो रबाडा र जेसन होल्डरले तीन/तीन विकेट लिए । प्रसिध कृष्णले दुई विकेट लिएका थिए ।
हैदरावाद १४ अंकसहित तालिकाको तेस्रो स्थानमा छ ।








प्रतिक्रिया