काठमाडौं । आईसीसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा नेपाल स्कटल्याण्डसँग पराजित भएको छ । घरेलु मैदानमा डीएल मेथडमा नेपाल २ रनले पराजित भएको हो ।
स्कटल्यान्डले नेपाललाई दिएको २४४ रनको लक्ष्य प्रस्तुत गरेकामा वर्षाले खेल प्रभावित हुँदा नेपालले २२१ रनको नयाँ लक्ष्य पाएको थियो।
नेपालले दोस्रो इनिङ्समा ब्याटिङ सुरु गर्नुअघि नै पानी परेपछि खेलमा ११ ओभर घटाइएको थियो। नेपालले ३९ ओभरमा सात विकेट गुमाएर २१८ रन बनाएको हो।
नेपालका लागि दीपेन्द्रसिंह ऐरी र गुल्सन झाले अर्धशतक प्रहार गरे।
कप्तान रोहित पौडेलले ३२ रन बनाए ।








प्रतिक्रिया