२२ जेष्ठ २०८३, शुक्रबार

संसद भवन हजारौं शहीदको रगतको जगमा बनेको हो : प्रचण्ड

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवमं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान नयाँ संसदलाई समावेशी सहीदहरूको बलिदानको उपज भएको बताएका छन् ।

प्रतिनिधिसभा बैठकमा आज सम्बोधन गर्दै उनले भने, “बाहरिबाट हेर्दा यो भवन सिमेन्ट, इँट र फलामले बनेको छ तर यसको अन्तर्यमा हजारौं सहीदको बलिदान रहेको छ। हरेक वर्ग, वर्ण, जाति, लिंग र समुदायको प्रतिनिधित्व भएको यो इन्द्रेणी संसदका लागि हिजो हामीले बन्दुक उठायौं, आन्दोलन ग¥यौं।”

उनले थपे, “यो भवनको जगमा त्यही शहादत छ। यसका हरेक भित्ता बलिदानले रंगिएका छन्। म इतिहासका ती सबै, सशस्त्र र शान्तिपूर्ण आन्दोलन एवं पछिल्लो जेनजी आन्दोलनसम्मका शहीद, वेपत्ता, घाइते योद्धा र अभियानकर्मीहरुप्रति हार्दिक कृतज्ञता प्रकट गर्दछु।”

राष्ट्रिय स्वतन्त्र पार्टीको सफलताको प्रशंसा   गर्गदै उनले निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले प्राप्त गरेको झण्डै दुई तिहाईको सफलतालाई स्वीकार गर्दै विशेष बधाई दिए । “हिजो सत्ता र प्रतिपक्ष दुवै भूमिकामा सहकार्य गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले यो निर्वाचनमा झण्डै दुई तिहाईको सफलता पाएको छ। त्यसका लागि सभापति माननीय रवि लामिछाने र सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहलाई मेरो विशेष बधाइ छ,” उनले भने ।

रुकुम पूर्वबाट निर्वाचित उनले जनताप्रति आभार व्यक्त गर्दै भने, “यस सन्दर्भमा मलाई निर्वाचित गर्ने रुकुम पूर्वका र हामी सबैलाई विजय गराउनुहुने आम नेपाली जनताप्रति हार्दिक आभारसहित धन्यवाद ज्ञापन गर्दछु।” उनले नयाँ सांसदहरूलाई पनि बधाई दिए । उनले भने, “जनताबाट निर्वाचित भएर आउनुभएका सबै माननीय सदस्यहरुलाई हार्दिक बधाइ र शुभकामना छ।”

उनले आफूलाई निर्वाचन परिणामको हिसाबले खुम्चिए पनि वातावरण बनाउन आफ्नो दलले खेलेको भूमिका स्मरण गर्दै बलिदानलाई बिर्सेमा यो भवन नै ढल्ने चेतावनी दिएका छन् ।

“मलाई लाग्छ, त्यो महान बलिदानलाई बिर्सेको दिन यो भवन आफैं ढल्नेछ,” उनको भनाइ थियो।