काठमाडौं । दिल्ली क्यापिटल्सले जारी आईपीएलमा पञ्जाव किंग्सलाई पराजित गरेको छ ।
गएराति भएको खेलमा दिल्लीले पञ्जावलाई ३ विकेटले पराजित गरेको हो । पञ्जावले दिएको २११ रनको लक्ष्य पछ्याएको दिल्लीले १९ ओभरमा ७ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको थियो ।
दिल्लीको जितमा कप्तान अक्सर पटेलले ५६ रन बनाए भने डेभिड मिलरले ५१, आशुतोष शर्माले २४, माधव तिवारीले १८ रन बनाएका थिए ।
त्यस्तै पञ्जावका बलर यश ठाकुर र अर्शदीपले २/२ विकेट लिएका थिए ।
यसअघि टस हारेर पहिला ब्याटिङ गरेको पञ्जावले २० ओभरमा ५ विकेट गुमाउँदै २१० रन बनाएको थियो ।
पञ्जावका लागि कप्तान श्रेयस अय्यरले ५९ रन बनाएका थिए भने प्रियांस आर्याले ५६ र कूपर कोन्नोलीले ३८ रन बनाएका थिए ।
यो जितपछि दिल्लीको १२ खेलमा १० अंक भएको छ । दिल्लीको अब २ खेल मात्र खेल्न बाँकी रहेकाले दुवै खेल जिते पनि प्लेअफको सम्भावना भने निकै कम रहेको छ ।
त्यस्तै, पञ्जावले भने योसहित लगातार चार खेलमा हार बेहोरेको छ । पञ्जावको ११ खेलमा १३ अंक रहेको छ र चौथो स्थानमा झरेको छ ।
जारी आईपीएलमा आज गुजरात टाइटन्स र सनराइजर्स हैदरावादबीच खेल हुँदैछ ।








प्रतिक्रिया