१६ असार २०८३, मंगलबार

रमादाबाई विन्धाम इटहरीको तीन आकर्षक इन हाउस अफर सार्वजनिक

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

इटहरी । रमादाबाई विन्धाम इटहरीले यस मे महिनामा अतिथिहरूलाई खानपिन, रमाइलो र उत्सवका थप अवसर दिन तीन आकर्षक इन हाउस अफरहरू सार्वजनिक गरेको छ ।

होटलका अनुसार हप्ताको उत्साह ‘मिडवीक ट्रिपल ट्रीट’बाट सुरू हुनेछ, जुन प्रत्येक बुधबार र बिहीबार साँझ ५ बजेदेखि ७ बजेसम्म सुत्र लाउन्जमा सञ्चालन हुनेछ । यस अफरअन्तर्गत भोड्कामा आधारित ककटेलहरूको छन‍ोटमा ‘२ किन्दा १ निःशुल्क’ योजना उपलब्ध छ । यसमा मस्को म्युल, कस्मोपोलिटन, क्लासिक भोड्का मार्टिनी, स्क्रूड्राइभर र फ्लेभर्ड भोड्का स्प्रिट्ज जस्ता लोकप्रिय ककटेलहरू समावेश छन् । दुई ककटेलको मूल्य १,८०० रुपैयाँ (करसहित) रहेको छ र तेस्रो ककटेल निःशुल्क प्रदान गरिनेछ । अफिसपछि साथीहरूसँग समय बिताउन वा होटलमै बसिरहेका अतिथिहरूका लागि यो किफायती र रमाइलो विकल्प हुनेछ ।

मे महिनाभर प्रत्येक शुक्रबार एरिया रेस्टुरेन्टले ‘टेस्ट अफ इटाली’ अनुभव प्रदान गर्दैछ, जहाँ स्वादसँगै सिर्जनात्मकता पनि जोडिनेछ । प्रति व्यक्ति १,९९९ रुपैयाँ (करसहित)मा उपलब्ध हुने यो अफर साँझ ६ बजेदेखि ९ः३० बजेसम्म सञ्चालन हुनेछ । यसमा अतिथिहरूले दक्ष सेफहरूको मार्गदर्शनमा आफूले रोजेका दुईवटा इटालियन परिकार बनाउन सक्नेछन् । लाइभ पिज्जा मेकिङ, लाइभ पास्ता स्टेशन, उड फायर्ड पिज्जा, निःशुल्क लिमेटा स्प्रिट्जर तथा सेफद्वारा तयार पारिएको अथेन्टिक इटालियन परिकारको व्यवस्था हुनेछ । साथै, कुनै पनि ए ला कार्टे वाइनको बोतलमा १५ प्रतिशत छुट पनि उपलब्ध हुनेछ, जसले यसलाई डेट नाइट वा सामूहिक भेटघाटका लागि उपयुक्त बनाउँछ ।

होटलका अनुसार, मे महिनाको अन्तिम आकर्षण ‘डिप एन्ड डाइन’ हो, जुन मे १ देखि ३१ सम्म सञ्चालन हुनेछ । यसमा फ्रेश पिना कोलाडा, ब्लु मार्गारिटा र फ्रेश भर्जिन पिना कोलाडा जस्ता ताजगी दिने पेय पदार्थहरू उपलब्ध हुनेछन्, साथै यसमा हल्का खानाका विकल्पहरू पनि थप्न सकिन्छ । साथै, मे १३ मा पर्ने अन्तर्राष्ट्रिय ककटेल दिवसको अवसरमा एक दिनका लागि ककटेलमा २० प्रतिशतको विशेष छुट पनि व्यवस्था गरिएको होटलले जनाएको छ ।