११ असार २०८३, बिहिबार

स्मार्ट टेलिकम प्रकरणमा मेरो संलग्नता भेटिए राजनीतिबाट बिदा लिन्छु : जगदीश खरेल

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । रास्वपा सांसद एवम् पूर्वसञ्चारमन्त्री जगदिश खरेलले स्मार्ट टेलिकम प्रकरणमा आफू दोषी देखिए राजनीतिबाट बिदा लिने बताएका छन् ।

आजको संसद वैठकमा बोल्दै उनले आफूमाथि लागेको आरोप निरर्थक रहेको र प्रमाणित गर्न चुनौती समेत दिएका हुन् । संसद बैठकमा आकस्मिक समय र बोल्दै खरेलले आजै मात्र आफू स्वीट्जरल्यान्डबाट काठमाडौं फर्किएको जानकारी दिए ।

आफू सभामुख र रास्वपा सभापतिलाई लिखित जानकारी दिएर स्वीट्जरल्यान्ड गएको र एउटा कार्यक्रममा स्पिकरका रुपमा सहभागी भएको उनले बताए ।

उनले भने, ‘म गएको भोलिपल्ट नै राजधानी दैनिक नामक पत्रिकाले पूर्वसञ्चारमन्त्री भागे भनेर समाचार लेखेको रहेछ । त्यसप्रति गहिरो खेद प्रकट गर्न चाहन्छु । स्मार्ट टेलिकमको २० अर्ब ठगी प्रकरण भनेर लेखिएको यति निरर्थक र तल्लो स्तरको पत्रकारीताले मेरो मानसम्मान, प्रतिष्ठा, राजनीतिक जीवनमा ठेस पुर्याएको छ ।’

खरेलले स्मार्ट टेलिकम प्रकरणमा एउटा पनि फाइल आफूले अघि बढाएको र एउटा पनि मिटिङ पनि गरेको पाइएमा सम्पूर्ण राजनीतिक जीवनबाट विदा लिने घोषणा गरे ।