५ असार २०८३, शुक्रबार

प्रतिशोध, पूर्वाग्रह र संस्थागत अस्थिरताले अधिनायकवादलाई बल पुग्ने खतरा बढ्यो : महासचिव पोखरेल

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सरकार सञ्चालनका नाममा प्रतिशोध, पूर्वाग्रह र संस्थागत अस्थिरता निम्त्याउने गतिविधि लोकतान्त्रिक मूल्यमान्यताविपरीत हुने बताएका छन् ।

पछिल्लो समय सरकारको कामकारबाहीप्रति असन्तुष्टि जनाउँदै पोखरेलले यस्तो बताएका हुन् ।

महासचिव पोखरेलले सरकार अविच्छिन्न उत्तराधिकार भएको संस्था भएकाले विधि, पद्धति, संविधान र संस्थागत निरन्तरताको सम्मान गर्नुपर्ने बताए ।

‘सरकार अविच्छिन्न उत्तराधिकार भएको संस्था हो । राज्य सञ्चालनका नाममा प्रतिशोध, पूर्वाग्रह र संस्थागत अस्थिरता निम्त्याउने कार्य लोकतान्त्रिक मूल्यमान्यता विपरीत हुन्छन् । यस्ता कदमहरूले अधिनायकवादतर्फको प्रवृत्तिलाई बल पुर्‍याउने खतरा रहन्छ । विधि, पद्धती, संविधान र संस्थागत निरन्तरताको सम्मान नै लोकतन्त्रको आधार हो ।’ नेता पोखरेलले फेसबुकमा लेखेका छन् ।

पोखरेलले राज्य सञ्चालनका क्रममा गरिने अस्थिरतामूलक कदमहरूले अधिनायकवादतर्फको प्रवृत्तिलाई बल पुर्‍याउने खतरा रहने चेतावनी समेत दिएका छन् ।