११ असार २०८३, बिहिबार

मुम्बईमाथि बैंगलुरुको रोमाञ्चक जित

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा रोयल च्यलोन्जर्स बैंगलुरुले रोमाञ्चक जित हात पारेको छ ।

गएराति रायपुरमा सम्पन्न खेलमा मुम्बई इन्डियन्सलाई २ विकेटले हराउँदै बैंगलुरु विजयी भएको हो । १६७ रनको लक्ष्य पछ्याएको बैंगलुरुले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा पूरा गर्‍यो ।

बैंगलुरुका क्रुणाल पाण्ड्याले ७३ रनको अर्धशतकीय पारी खेले । जकोब बेथेलले २७ रन बनाए । जितेश शर्माले १८ तथा देवदत्त पडिक्कलले १२ रन बनाए ।

मुम्बईका कोर्बिन बोशले सर्वाधिक ४ विकेट लिए ।

टस हारेर पहिले ब्याटिङ गरेको मुम्बई इन्डियन्सले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १६६ रन बनाएको थियो ।

मुम्बईका तिलक वर्माले ५७ रनको अर्धशतकीइ इनिङ खेले । नमन धिरले ४७, रोहित शर्माले २२, राज बावले १६ तथा विल ज्याक्सले १० रनको योगदान दिए ।