१४ असार २०८३, आइतबार

गुजरातले राजस्थानलाई ७७ रनले हरायो

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा गुजरात टाइटन्सले जित हात पारेको छ ।

गएराति भएको खेलमा गुजरातले राजस्थान रोयल्सलाई ७७ रनले पराजित गरेको हो । गुजरातका लागि शुभमन गिलले ८४ रन बनाए । साई सुदर्शनले ५५ रन बनाए ।

यस्तै, वासिङ्टन सुन्दरले ३७ रन बनाए । गुजरातका राशिद खानले सबैभन्दा बढी ४ विकेट लिए ।

यस्तै, जेसन होल्डरले ३ तथा कागिसो रबाडाले २ विकेट लिए ।

गुजरातले दिएको २३० रनको लक्ष्य पछ्याएको राजस्थान १६ ओभर ३ बलमा अलआउट हुँदै १५२ रन मात्र बनायो ।

राजस्थानका लागि रविन्द्र जडेजाले सर्वाधिक ३८ रन बनाए ।

यस्तै, वैभव सूर्यवंशीले ३६, ध्रुव जुरेलले २४, दसुन शनकले १६ तथा शुभम् दुवेले १५ रन जोडे ।

यो जितसँगै गुजरात टाइटन्स ११ खेलबाट १४ अंकसहित तालिकाको दोस्रो स्थानमा रहेको छ ।