३२ असार २०८३, बिहिबार

थलापति विजयले आज तमिलनाडुको मुख्यमन्त्रीको शपथ लिँदै

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । तमिल सुपरस्टार समेत रहेका तमिलगा वेत्री कझगम (टीभीके)का प्रमुख जोसेफ विजय (थलापति विजय)ले आज पहिलोपटक तमिलनाडुको मुख्यमन्त्रीको शपथ लिँदैछन् ।

विजयले बिहान १० बजे चेन्नईको जवाहरलाल नेहरू स्टेडियममा राज्यको नवौं मुख्यमन्त्रीको रूपमा शपथ लिनेछन् । शपथ समारोहमा कांग्रेस नेता राहुल गान्धी पनि उपस्थित हुनेछन् ।

टिभीके प्रमुख विजयलाई कांग्रेस, सीपीआई, सीपीआई (एम), भीसीके र आईयूएमएल गरी कुल १२१ विधायकहरूको समर्थन रहेको छ ।

विजयको टिभीकेले हालैको तमिलनाडु विधानसभा चुनावमा २३४ मध्ये १०८ सिट जितेर ठूलो जित हासिल गरेको थियो ।