काठमाडौं । भारतको तमिलनाडु राज्यमा अभिनेता थलापति विजयको टीभीके पार्टीलाई सरकार बनाउने बाटो खुलेको छ ।
तीन दिनको छलफलपछि भीसीकेले आज टीभीकेलाई समर्थन पत्र बुझाएको हो । योसँगै टीभीकेलाई सरकार बनाउन आवश्यक बहुमत संख्या ११८ पुगेको छ ।
टीभीकेले २३४ सदस्यीय तमिलनाडु विधानसभामा १०८ सिट जितेको थियो ।
टीभीकेलाई कांग्रेसका ५, सीपीआईका २, सीपीआई (एम)का २ र भीसीकेका २ जना गरी ११९ विधायकहरूको समर्थन पुगेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।








प्रतिक्रिया