२६ असार २०८३, शुक्रबार

शुभेन्दु अधिकारी बने बंगालका नयाँ मुख्यमन्त्री, शपथपछि लिए मोदीको आशीर्वाद

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । भारतीय जनता पार्टी (भाजपा)का नेता शुभेन्दु अधिकारी पश्चिम बंगालको नयाँ मुख्यमन्त्री बनेका छन् ।

उनले शनिबार बंगाली भाषामा मुख्यमन्त्रीको शपथ लिएका हुन् । शपथ ग्रहणपछि मञ्चमै उनले प्रधानमन्त्री नरेन्द्र मोदीको नजिक गए र पाउ छोएर आशीर्वाद लिए ।

अधिकारीसँगै पाँच जनाले पनि मन्त्रीको शपथ लिएका थिए ।

शपथ समारोहमा प्रधानमन्त्री मोदी, गृहमन्त्री अमित शाह र भाजपा शासित राज्यका २० मुख्यमन्त्रीहरूसहित वरिष्ठ नेताहरु उपस्थित थिए ।