१ श्रावण २०८३, शुक्रबार

सुकुम्बासी बस्तीमा डोजर नचलाउन सर्वोच्चको अन्तरिम आदेश

854
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सर्वोच्च अदालतले सुकुम्बासी बस्तीमा डोजर नचलाउन अन्तरिम आदेश जारी गरेको छ ।

कानुनका विद्यार्थी माजिद अन्सारीले सुकुम्बासी बस्तीमा डोजर रोक लगाउन माग गर्दै दायर गरिएको रिटमा न्यायाधीश कुमार रेग्मी र नित्यानन्द पाण्डेयको इजलासले अन्तरिम आदेश जारी गरेको हो।

सर्वोच्चले भत्काइसकेको ठाउँहरूको हकमा भने तत्काल अन्तरिम आदेश जारी गरिरहन नपर्ने बताएको छ।

‘…सुकुम्बासी र अव्यवस्थित वसोबासलाई घर टहरा हटाउने कार्य सम्पन्न भइसकेको भए पनि थप स्थानमा घर टहरा हटाउने गरी कारबाही हुन सक्ने त्रासपूर्ण अबस्था रहेकोले कानूनको उचित प्रकृया बेगर घरवारबिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई विस्थापित नगर्न र विस्थापन भएकालाई उचित मानवीय आवश्यकता पूर्ति गर्न गराउन तत्काल अन्तरिम आदेश आवश्यकता रहेको भन्ने निवेदक तर्फका विद्वान कानून व्यावसायीहरूको बहस जिकिरबाट खुलेको देखिँदा सम्पन्न भइसकेको कार्यको हकमा सम्म तत्काल अन्तरिम आदेश जारी गरि रहन परेन,’ आदेशमा भनिएको छ।