३२ असार २०८३, बिहिबार

भारतीय कम्युनिष्ट पार्टीको समर्थनमा थलापति विजय तमिलनाडुको मुख्यमन्त्री बन्ने पक्का

420
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । तमिल सुपरस्टार समेत रहेका तमिलगा वेत्री कझगम (टीभीके)का प्रमुख चन्द्रशेखर जोसेफ विजय (थलापति विजय) भारतको तमिलनाडु राज्यको मुख्यमन्त्री बन्ने निश्चित भएको छ ।

टीभीके प्रमुख विजयलाई कांग्रेससहित भारतीय कम्युनिष्ट पार्टी (सीपीआई), सीपीआई (एम) र भीसीकेले समर्थन गरेसँगै उनी मुख्यमन्त्री बन्ने पक्का भएको हो ।

आज बसेको बैठकले तमिलनाडुमा सरकार बनाउन आफ्नो पार्टीले टिभीकेलाई समर्थन गर्ने घोषणा गरेको सीपीआईका राष्ट्रिय महासचिव डी. राजाले बताएका छन् ।

यसैबीच, टिभीके प्रमुख विजयले आज साँझ राज्यपालसँग भेटेर बहुमत संख्यासहित सरकार बनाउन दाबी पेश गर्ने तयारी गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

विजयले यसअघि मे ६ र ७ मा राज्यपालसँग भेटेका थिए । तर दुवै पटक विजयलाई सरकार बनाउन आवश्यक बहुमत संख्या ११८ विधायकहरूको समर्थन जुटाउन भनिएको थियो ।

हालैको विधानसभा चुनावमा टीभीकेले पहिलोपटक २३४ सिटमध्ये १०८ सिट जितेर ठूलो पार्टी बनेको थियो । कांग्रेसले आफ्ना पाँच जना विधायकको समर्थन टीभीकेलाई यसअघि नै घोषणा गरिसकेको थियो ।

अब सीपीआई, सीपीआई (एम) र भीसीकेका दुई–दुई जना विधायकहरूसहितको समर्थनले टिभीकेलाई आवश्यक बहुमत संख्या ११८ पुग्नेछ ।