३ असार २०८३, बुधबार

संसद् सचिवालयका सबै ट्रेड युनियन खारेज

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । संघीय संसद् सचिवालयको सबै ट्रेड युनियन खारेज भएको छ ।

सचिवालयका कर्मचारी प्रशासन शाखाका शाखा अधिकृत विमल परियारले सूचना जारी गर्दै ट्रेड युनियन अस्तित्वमा नरहेको जानकारी दिएका हुन्।

सूचनामा भनिएको छ, ‘केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश २०८३ सालको अध्यादेश नं. ७ ले संघीय संसद् सचिवालय सम्बन्धी ऐन २०६४ को दफा ७३ रहेको व्यवस्था संशोधन गरेपश्चात् संसद् सचिवालय सम्बन्धी ऐन २०६४ को उक्त दफा बमोजिम अस्तित्वमा रहेका संघीय संसद् सचिवालयको कर्मचारी युनियन सम्बन्धी व्यवस्था उक्त ऐनमा नरहेको हुँदा कर्मचारी युनियन अब अस्तित्वमा नरहेको जानकारी गराइन्छ।’