काठमाडौं । इरानले युएईमा क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेको छ ।
युएईको राष्ट्रिय आपतकालीन संकट तथा प्रकोप व्यवस्थापन प्राधिकरणले देशको वायु रक्षा प्रणालीले हाल क्षेप्यास्त्र र ड्रोन खतराहरूको जवाफ दिइरहेको बताएको छ ।
ट्वीटरमा जारी गरिएको एक विज्ञप्तिमा, प्राधिकरणले मानिसहरूलाई सुरक्षित स्थानमा रहन र आधिकारिक अपडेटहरूमा ध्यान दिन अपिल समेत गरेको छ ।
युएईको रक्षा मन्त्रालयले देशभर सुनिएका आवाजहरू क्षेप्यास्त्र र ड्रोनहरूविरुद्ध चलिरहेको हवाई रक्षा अभियानका कारण भएको बताएको छ ।










प्रतिक्रिया