काठमाडौं । भारतको बिहार राज्यका मुख्यमन्त्री सम्राट चौधरीले पहिलोपटक ठूलो मन्त्रिपरिषद् विस्तार गरेका छन् ।
बिहीबार दिउँसो पटनाको गान्धी मैदानमा जनता दल युनाइटेड (जेडीयू)का प्रमुख तथा पूर्वमुख्यमन्त्री नीतीश कुमारका छोरा निशान्त कुमारसहित ३२ जना नयाँ मन्त्रीहरूले शपथ लिएका हुन् । योसँगै बिहारमा मुख्यमन्त्री र उपमुख्यमन्त्रीसहित मन्त्रीहरूको कुल संख्या ३४ पुगेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
नयाँ मन्त्रीहरुमा प्रमुख सत्तारुढ भाजपाबाट १५ र जेडीयूबाट १३ जना, अन्य सहयोगी दलहरुबाट ४ जना मन्त्री रहेका छन् ।
शपथ समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह, रक्षामन्त्री राजनाथ सिंह लगायत वरिष्ठ नेताहरू उपस्थित थिए ।








प्रतिक्रिया