२४ असार २०८३, बुधबार

महिला उद्यमशीलता प्रवर्द्धनका लागि लक्ष्मी सनराइज बैंक र आईएफसीबीच सहकार्य

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । लक्ष्मी सनराइज बैंकले विश्व बैंक समूहअन्तर्गतको निजी क्षेत्रीय इन्टरनेसनल फाइनान्स कर्पोरेसन (आईएफसी)सँग बैंकिङ अन वुमन (बीओडब्ल्यू) पहलअ पहलअन्तर्गत ग्लोबल डब्लूएमएसएमई सेक्स डिसएग्रेगेटेड डाटा (एसडीडी) सहकार्य सम्झौता गरेको छ । उक्त कार्यक्रमलाई महिला उद्यमशीलता प्रवर्द्धनका लागि स्थापित बहुपक्षीय अन्तर्राष्ट्रिय पहल वुमन इन्टरप्रेनर्स फाइनान्स इनिसियटिभ (वी–फाई)ले सहयोग गरिरहेको छ ।

वी–फाई विश्वभरका महिला नेतृत्व तथा स्वामित्व भएका साना तथा मझौला उद्यममा लगानी तथा वित्तीय पहुँच विस्तार गर्ने उद्देश्यले स्थापना गरिएको बहुदातृ अन्तर्राष्ट्रिय प्लेटफर्म हो । यसअन्तर्गत सञ्चालन हुने वुमन इन्टरप्रेनर्स फाइनान्स कोड वित्तीय संस्था, नियामक निकाय तथा वित्तीय प्रणालीसँग आबद्ध सरोकारवाला बीचको साझा प्रतिबद्धता हो, जसले महिला उद्यमीलाई आवश्यक वित्तीय स्रोत उपलब्ध गराई आर्थिक वृद्धि र रोजगारी सिर्जनामा योगदान पुर्‍याउने लक्ष्य राख्छ ।

यससम्बन्धी सम्झौतामा लक्ष्मी सनराइज बैंकका तर्फबाट कार्यवाहक प्रमुख कार्यकारी अधिकृत सुमेद भट्टराई तथा आईएफसीका दक्षिण एसियाका क्षेत्रीय प्रबन्धक मेहदी चेरकाउईले हस्ताक्षर गरेका थिए ।

बैंकका अनुसार यस सहकार्यअन्तर्गत आईएफसीले बैंकलाई लैङ्गिक आधारमा विभाजित तथ्यांक (सेक्स डिसएग्रेगेटेड डाटा–एसडीडी)को संकलन, विश्लेषण तथा उपयोग प्रक्रिया सुदृढ बनाउन सहयोग गर्नेछ । यसले महिलाको स्वामित्वमा रहेका साना तथा मझौला उद्यमहरूका आवश्यकता, चुनौती तथा अवसरबारे बुझाइको विकास गर्न मद्दत गर्नेछ । यसका आधारमा बैंकले महिला उद्यमीहरूका लागि अझ प्रभावकारी तथा उपयुक्त वित्तीय समाधानहरू विकास गर्न सक्ने बैंकले जनाएको छ ।

बैंकका अनुसार यो सहकार्यले जिम्मेवार बैंकिङ अभ्यासप्रति लक्ष्मी सनराइज बैंकको प्रतिबद्धतालाई थप मजबुत बनाएको छ । बैंकले यस साझेदारीमार्फत महिला उद्यमशीलता प्रवर्द्धन तथा समावेशी आर्थिक विकासमा अर्थपूर्ण योगदान पुर्‍याउने अपेक्षा राखेको छ।