५ असार २०८३, शुक्रबार

भारतीय प्रधानमन्त्री मोदीले गरे आफ्नो प्रोफाइल तस्वीर परिवर्तन, किन राखे ‘अपरेशन सिन्दूर’ ?

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो सामाजिक सञ्जाल खाताहरूको प्रोफाइल तस्वीरलाई ‘अपरेशन सिन्दूर’को तस्वीरमा परिवर्तन गरेका छन् ।

बिहीबार बिहान उनले एकैपटक आफ्नो फेसबुक, ट्वीटर (एक्स)लगायतको सामाजिक सञ्जालको तस्वीर परिवर्तन गरेका हुन् । उनले तस्वीर क्यापसनमा केही लेखेका छैनन्, तर यो ‘अपरेशन सिन्दूर’को लेखिएको तस्वीर मे ७ सम्बन्धित रहेको छ ।

गत वर्ष पहलगाम आक्रमणपछि मे ७ मा भारतीय सेनाले पाकिस्तानका सात सहरमा ‘अपरेशन सिन्दूर’ चलाएको थियो ।

प्रधानमन्त्री मोदीले सोही दिनको ‘अपरेशन सिन्दूर’को स्मरण गराएका हुन् ।

गत वर्ष भारतले पाकिस्तानविरुद्ध ‘अपरेशन सिन्दूर’ चलाए पनि आज पनि उक्त युद्ध कसले जित्यो प्रश्नको चर्चा हुने गरेको छ ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सामाजिक सञ्जालमा लेखेरै भारत–पाकिस्तान युद्धविराम भएको घोषणा गरेपछि युद्ध रोकिएको थियो ।