काभ्रे । वर्षाले अवरुद्ध भएको बीपी राजमार्ग पुनः सुचारु भएको छ ।
काभ्रेस्थित रोशी खोलाले बगाएको डाइभर्सन मर्मत गरेपछि हाललाई बाटो सुचारु गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
‘बीपी राजमार्गमा बगाएको डाइभर्सन मर्मत गरी हाललाई बाटो सुचारु गरिएको हुनाले लेन अनुशासन कायम गरी ट्राफिक नियम पालना गरी सावधानीपूर्वक यात्रा गर्नुहोला,’ जिल्ला प्रहरी कार्यालय काभ्रेले सूचना जारी गर्दै भनेको छ, ‘सुरक्षा सम्बन्धमा प्रहरीको सुझाव तथा निर्देशनलाई अनिवार्य पालना गर्नुहोला । बाटोको अवस्थाको बारेमा थप जानकारी लिनको लागि १०० र १०३ मा सम्पर्क गर्नुहोला ।’








प्रतिक्रिया