१६ असार २०८३, मंगलबार

‘युनीभर्सटी अफ गुन्डाज्’बाट सलिनमानको कमब्याक

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सलिनमान बनियाँले आफ्नो जन्मदिनको अवसर पारेर आफू अभिनित फिल्म ‘युनीभर्सटी अफ गुण्डाज्’को टिजर सार्वजनिक गरेका छन् ।

एक्सन जनरामा निर्माण भएको यो फिल्मलाई उनले आफ्नो जन्मदिन पारेर आफ्ना दर्शकलाई सरप्राइज स्वर टिजर रिलिज गरेका हुन् ।

ओएसआर डिजिटल युटुब च्यानलबाट रिलिज भएको १ मिनेट १२ सेकेण्ड लामो टिजरमा उनको बबाल एक्सन देख्न सकिन्छ । उनी फिल्म ‘यात्रा’पछि चुपचाप बसेका थिए । तर त्यो बस्नु उनले आफूलाई रिजर्भमा राखेको देखियो ।

सान्भी इन्टरेटेन्टमेन्टको प्रस्तुतीमा निर्माण भएको यस फिल्मको उनको दमदार कमब्याकले फरक स्वाद पस्किएको छ । दर्शकमाझ लभर ब्वाईको रुपमा देखिँदै आएका सलिमान ‘युनीभर्सटी अफ गुण्डाज्’मार्फत आफूलाई फरकधारमा प्रस्तुत गर्ने देखिन्छ ।

यस फिल्मको टिजरमा सलोन बस्नेत पनि उस्तै एक्सनमा उत्रिएका छन् । पछिल्ला बनिरहेका फिल्मभन्दा फरक बनेको देखिन्छ ।

टिजरमा सलिमान र सलोन एकअर्काका साथी देखिएका छन् । आफ्नो ग्याङबाट कुनै सफलता हासिल गर्नका लागि लडाई लडिरहेको टिजरमा देखिन्छ । यसको कथा र यसको थप चर्चा आगामी ट्रेलरबाट अझ देख्न सकिएला ।

सलिनमान बनियाँ आफैले लेखेको यस फिल्मको स्टोरीमा सुरेश न्यौपानेले निर्देशन गरेका छन् । यस फिल्मको मुख्य भूमिकामा सलिमान, सलोन रहेको छन् । निर्माण पक्षले अन्य कलाकार र प्राविधिकहरुको नाम सार्वजनिक गरेको छैन । साथै, निर्माण टिमले फिल्मको प्रदर्शन मिति पनि घोषणा गरेको छैन । यस फिल्ममार्फत दर्शकको प्रतिक्रियापछि मात्रै फिल्म घोषणा गर्ने निर्माण पक्षको आशय हुनसक्छ । यसअघि सलोन बस्नेतले गरेको भूमिकाभन्दा उनले यसमा बिलकुलै आफूलाई फरक रुपमा ढालेका छन् ।

यस फिल्मको ब्याकग्राउण्ड स्कोर रोमन बज्रचार्य रहेका छन् भने मेकअपमा मनोज लामा रहेका छन् ।

त्यसैगरी, प्रोडक्सन म्यानेजर सुवास काफ्ले, असिस्ष्टेन प्रोडक्सन म्यानेजर केवलमान सिंह बस्नेतको छ भने साउण्ड डिजाइनर मुकेश शाह रहेका छन् । यस फिल्मको भिएफएक्सको काम मनोज श्रेष्ठले गर्दैछन् भने फिल्मको सम्पादन तथा ट्रेलरको काम बन्दे प्रसादले गर्दैछन् ।

फिल्मको कलरमा राजेन्द्र मोक्तानको छ भने फिल्मको स्क्रिन प्ले मन्दिप गौतमले गरेका छन् भने डिओपीको काम सौरभ लामाले गरेका छन् ।