काठमाडौं । गुल्सन झाको प्रभावशाली बलिङ र आशिफ शेखको उत्कृष्ट ब्याटिङको मद्दतमा नेपालले ओमानलाई ८१ रनले हराउँदै आईसीसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिज सफलतापूर्वक टुंग्याएको छ। यस जितसँगै नेपालले तीन खेल जित्दै ६ अंक जोडेको हो।
नेपालले दिएको २५७ रनको लक्ष्य पछ्याएको ओमान १७५ रनमै समेटियो। गुल्सनले ५ विकेट लिँदा अन्य बलरहरूले पनि महत्वपूर्ण योगदान दिए।
यसअघि नेपालले २५६ रन बनाउँदा आशिफ शेखले ९४ रनको उत्कृष्ट इनिङ्स खेले। अर्जुन कुमालले ४८ रन जोड्दै राम्रो साथ दिए भने आरिफ शेखले पनि उपयोगी ४३ रन बनाए।
अंक तालिकामा नेपालले २४ खेलबाट १८ अंक बनाएको छ भने ओमान र यूएई क्रमशः तेस्रो र पुछारमा रहेका छन्। अब नेपालले आगामी सिरिजमा स्कटल्यान्ड र अमेरिकासँग प्रतिस्पर्धा गर्नेछ, जुन मे १२ देखि सुरु हुनेछ।








प्रतिक्रिया