१५ असार २०८३, सोमबार

गौशाला धर्मशाला विवाद : जिल्लाको फैसला उच्चबाट पनि सदर, मारवाडीको मोहियानी हक नलाग्ने

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौंस्थित पशुपति गौशाला धर्मशालासम्बन्धी विवादमा उच्च अदालत पाटनले जिल्ला अदालतको फैसला नै सदर गरेको छ ।

उच्च अदालतले पनि उक्त जग्गा र धर्मशालामाथि मारवाडी सेवा समितिको कुनै मोहियानी हक नलाग्ने ठहर गर्दै सम्पूर्ण स्वामित्व पशुपति क्षेत्र विकास कोषकै हुने निर्णय दिएको हो।

यससँगै करिब २५ वर्षदेखि समितिले प्रयोग गर्दै आएको जग्गा खाली गर्नुपर्ने भएको छ। अदालतले समितिले पेश गरेका प्रमाणहरू पर्याप्त नभएको निष्कर्ष निकालेको छ।

काठमाडौं जिल्ला अदालतको फैसलापछि समितिले कोष, कोषका तत्कालीन सदस्यसचिव डा. मिलनकुमार थापासहित १२ जनालाई विपक्षी बनाएर २०८१ मङ्सिर २१ गते उच्च अदालत पाटनमा मुद्दा दायर गरेको थियो ।