६ श्रावण २०८३, बुधबार

शेखर गोल्छा फेरि पक्राउ

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । हिमालयन रिइन्स्योरेन्स लिमिटेडका तत्कालीन अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छा रिहा भएलगत्तै फेरि पक्राउ परेका छन् ।

सर्वोच्च अदालतको परमादेशपछि सोमबार थुनामुक्त भएका गोल्छालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले हिरासतबाट बाहिर निस्कन नपाउँदै बीमासम्बन्धी अर्को कसुरमा अनुसन्धानका लागि पक्राउ गरेको हो ।

सीआईबीका एसएसपी शिवकुमार श्रेष्ठका अनुसार गोल्छामाथि दुई फरक–फरक मुद्दामा अनुसन्धान भइरहेकाले उनलाई नियन्त्रणमै राखिएको हो । ‘धितोपत्रसम्बन्धी ऐनअन्तर्गतको मुद्दामा अदालतबाट आदेश आएको भए पनि अर्को छुट्टै मुद्दामा अनुसन्धान जारी थियो,’ उनले बताए, ‘त्यसैले उहाँ छुट्नु भएको होइन ।’

गोल्छालाई सीआईबीले गत वैशाख १० गते काठमाडौंको नक्सालबाट पक्राउ गरेको थियो ।

सीआईबीले उनलाई ‘नेपाल धितोपत्र बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदन’का आधारमा पक्राउ गरेको जनाएको थियो ।