काठमाडौं । गर्मीमा तापक्रम बढ्दै गइरहेको अवस्थामा नेपालकै अग्रणी अनलाइन किनमेल गन्तव्य दराज नेपालले आफ्नो बहुप्रतीक्षित बिग समर सेल सार्वजनिक गरेको छ ।
दराज ५.५ बिग समर सेल वैशाख २१ (मे ४)को बेलुका ८ बजेदेखि सुरु भई वैशाख २६ (मे ९) सम्म सञ्चालन हुनेछ । यस अवधिभर ग्राहकहरूले ८० प्रतिशतसम्मको आकर्षक छुट, छनोट गरिएका सामानहरूमा निःशुल्क होम डेलिभरी, तथा ५५ लाख रुपैयाँ बराबरका भौचरहरू प्राप्त गर्न सक्नेछन् । अवसरको बहार नै बोकेर आफ्ना उपभोक्ता समक्ष दराजद्वारा सार्वजनिक यस सेलले गर्मीको समयमा उत्कृष्ट किनमेलको अवसर प्रदान गर्ने कम्पनीको विश्वास छ ।
दराजद्वारा आफ्ना उपभोक्तालाई अझ उत्साहजनक सपिङ अनुभव प्रदान गर्न समय समयमा सार्वजनिक हुँदै आएका विभिन्न सेलमा जस्तै यसमा पनि अझ उत्साह थप्दै विशेष साझेदार अफरहरू पनि उपलब्ध गरिएका छन् । ग्राहकहरूले प्लाटिनम पार्टनर्स पिल्ग्रिम र मारिकोका तर्फ बाट १५ प्रतिशतसम्म, गोल्ड पार्टनर्स ब्राण्डहाउस, होनसा र मिनिमलिस्टका तफ बाट ६० प्रतिशतसम्म, तथा सिल्भर पार्टनर्स र्होतो, नुलाइट र एमडब्ल्यूसीका तर्फबाट ७० प्रतिशतसम्मको छुट पाउन सक्नेछन् । साथै, ईसेवाका प्रयोगकर्ताहरूले विशेष ‘रश आवर’ अफरहरू पनि प्राप्त गर्न सक्नेछन् । यसले किनमेल अनुभवलाई अझ लाभदायक बनाउने कम्पनीको दाबी छ ।
कम्पनीका अनुसार ग्राहकहरूले आफ्ना एच्छित सामग्रीहरुमा उत्कृष्ट मूल्य सुनिश्चित गर्न बेस्ट प्राइस ट्याग भएका उत्पादनहरूमा दराजको २ गुणा प्राइस डिफरेन्स रिफन्ड प्रोमिस पनि लागू हुनेछ । यस आधारमा यदि कुनै ग्राहकले नेपालभित्र अन्य अनलाइन प्लेटफर्ममा सोही उत्पादन यहाँ निर्धारितभन्दा कम मूल्यमा भेट्टाएमा योग्यताको सर्त अनुसार दराजले मूल्य अन्तरको दोब्बर रकम फिर्ता गर्नेछ । यसले ग्राहकहरूलाई अझ विश्वस्त रूपमा किनमेल गर्न सहयोग पुर्याउने कम्पनीको दाबी छ ।
दराज ५.५ बिग समर सेलको यस संस्करणअन्तर्गत, ग्राहकहरूले हल्का र स्टाइलिश फेशन सामग्रीदेखि घरलाई गर्मी अनुकूल बनाउन आवश्यक वस्तुहरू, स्वास्थ्य तथा सौन्दर्य, फेसन, अडियो तथा वेयरेबल्स, फर्निचर, गृह सजावट लगायत विभिन्न क्याटेगोरीहरुमा समेत आकर्षक अफरहरू पाउन सक्नेछन् । सहज एप अनुभव, आकर्षक अफरहरू र अतुलनीय सुविधासहित दराज नेपालले सबैलाई यो गर्मीमा घरमै बसेर किनमेलको आनन्द लिन र उत्कृष्ट बचतको अवसर उपयोग गर्न आमन्त्रण गरेको छ ।








प्रतिक्रिया