काठमाडौं । पल शाहको मुख्य भूमिका रहने फिल्म ‘आ आमा २’को शुभमुर्हूत गरिएको छ । सोमबार बिहान निर्माण टिमले पाटन बंगलामुखी मन्दिरमा फिल्मको शुभुमूर्हत गरेको हो ।
सोमबार पारेर निर्माण टिमले फिल्मको स्क्रिप्ट पूजाअर्चना गर्दै कामलाई अगाडि बढाएको हो । अघिल्लो वर्षको सुपरहिट फिल्म ‘आ बाट आमा’कै सिक्वेल हो यो ।
यसै फिल्मका केही कलाकारहरु भाग २ मा पनि निरन्तरता पाएका छन् । अघिल्ला फिल्मका कलाकार विपना थापा, पल शाह, प्रदीप रावत, गजित विष्ट लगायतका कलाकारहरु दोहोरिएका छन् ।
फिल्ममा पल, विपना, प्रदीप, गजितका अलवा यस फिल्ममा आकाश श्रेष्ठ, नरेन खड्का जोडिएका छन् । यस फिल्ममा अभिनेत्रीहरु भने छनोट हुन बाँकी रहेका छन् । साथै, अन्य कलाकारहरु छनोटको काम भइरहेको निर्देशक चन्द्र पन्तले बताए । उनका अनुसार केही दिनमा नै यस फिल्मका सम्पूर्ण कलाकारहरु छनोट गरिसकिने छ ।
निर्देशक पन्तले यो फिल्मको छायांकनको समय तालिका केहि दिनमा नै टुङ्गो लाग्ने बताए । अहिले यस फिल्मका लागि कलाकार तथा अन्य प्राविधिक पक्षको छनोट भइरहेको उनले जानकारी दिए । निर्माण टिमले एक महिनाअघिबाट नै यो चलचित्र आगामी दसैंमा प्रदर्शनमा ल्याउने जानकारी दिएको थियो ।
निर्देशक पन्तले यो फिल्म दसैंमा नै हलमा लाग्ने जानकारी दिए । यस फिल्मको कथा तथा पटकथा निर्देशक पन्तकै रहनेछ । यस फिल्मको वितरण आरआर फिल्मस्ले गर्दैछ भने डिजिटल अधिकार ओएसआरले लिएको छ ।
आर्या इन्टरटेन्टमेन्ट प्रालिको ब्यानरमा निर्माण हुने यस फिल्मको प्रोडक्सन म्यानेजर करणसिंह रसाली रहेका छन् ।








प्रतिक्रिया