१४ असार २०८३, आइतबार

तमिलनाडुमा सुपरस्टार थलापति विजयको टीभीके सुरुवाती रुझानमा धेरै अगाडि

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । भारतीय राज्य तमिलनाडुमा विधानसभा निर्वाचनको जारी मतगणनाको सुरुवाती रुझानमा तमिल सुपरस्टार थलापति विजयको पार्टी धेरै अगाडि रहेको छ ।

विजय आफ्नो सिट तिरुचिरापल्ली (पूर्व)मा पनि धेरै अगाडि रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएको छ ।

विजयको पार्टी टीभीके बिहान १० बजेसम्म १०४ सिटमा अगाडि रहेको छ । यहाँ डीएमके–कांग्रेस ५५ र एआईएडीएमके–भाजपा ६८ सिटमा अगाडि छ ।

२३४ सिट रहेको तमिलनाडुमा बहुमतका लागि ११८ सिट आवश्यक छ ।