३१ जेष्ठ २०८३, आइतबार

भारतको यी ५ राज्यको चुनावी नतिजा आज, क–कसको सरकार बन्ला ?

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । भारतको पाँच राज्यको चुनावी नतिजा आज (सोमबार) सार्वजनिक हुँदैछ ।

पश्चिम बंगाल, केरला, तमिलनाडु, असम र केन्द्र शासित प्रदेश पुडुचेरीमा सम्पन्न विधानसभा चुनावको मतगणना आज बिहान ८ बजेबाट सुरु भएको हो । पाँचै राज्यको नतिजा साँझसम्म सार्वजनिक हुनेछ ।

असम, केरला र पुडुचेरीमा अप्रिल ९ मा एकै चरणमा मतदान भएको थियो भने तमिलनाडुमा अप्रिल २३ मा भएको थियो ।

यस्तै, पश्चिम बंगालमा २९४ विधानसभा सिटका लागि दुई चरणमा मतदान भएको थियो । १५२ विधानसभा सिटका लागि मतदान पहिलो चरणमा अप्रिल २३ मा भएको थियो । बाँकी १४२ विधानसभा सिटका लागि मतदान दोस्रो चरणमा अप्रिल २९ मा भएको थियो ।

पश्चिम बंगालमा, ममता बनर्जीको नेतृत्वमा रहेको तृणमूल कांग्रेस (टीएमसी) लगातार चौथो पटक सत्तामा पुग्ने प्रयासमा छ । केन्द्र सत्ताको नेतृत्व गरिरहेको भाजपा भने आफ्नो पहिलो सरकार बनाउने प्रयासमा छ ।

असममा भाजपाले पछिल्ला दुई विधानसभा चुनाव जितेको छ । तमिलनाडुमा, एम.के. स्टालिनको नेतृत्वमा द्रमुक सत्तामा छ ।

केरलामा पिनारायी विजयनको नेतृत्वमा रहेको वाम लोकतान्त्रिक मोर्चा (एलडीएफ)ले पछिल्ला दुई चुनाव जितेको छ ।

पुडुचेरीमा एन रंगास्वामीले एआईएनआरसी र भाजपाको गठबन्धनको नेतृत्व गरिरहेका छन् ।