काठमाडौं । जारी आईपीएल क्रिकेटमा हिजो (आइतबार) भएको दुई खेलमा कोलकाता नाइट राइडर्स र गुजरात टाइटन्स विजयी भएको छ ।
आइतबार दिउँसो भएको खेलमा कोलकाताले सनराइजर्स हैदरवादलाई ७ विकेटले पराजित गरेको हो ।
हैदरवादले दिएको १६६ रनको लक्ष्य कोलकाताले १० बल बाँकी रहँदा ३ विकेट गुमाएर पूरा गरेको थियो ।
त्यस्तै, गएराति भएको खेलमा गुजरात टाइटन्स विजयी भएको थियो ।
गुजरातले पञ्जाब किङ्ग्सलाई ४ विकेटले पराजित गरेको हो । पञ्जाबले दिएको १६४ रनको लक्ष्य गुजरातले अन्तिम एक बल बाँकी रहँदा ६ विकेट गुमाएर पूरा गरेको थियो ।

पञ्जाब पराजित भए पनि अंक तालिकामा शीर्ष स्थानमै रहेको छ भने गुजरात पाँचौं स्थानमा रहेको छ ।
यस्तै, कोलकाता आठौं स्थानमा रहेको छ भने हैदरवाद तेस्रो स्थानमा रहेको छ ।
आईपीएलमा आज मुम्बई इन्डियन्स र लखनऊ सुपर जायन्ट्सबीच प्रतिस्पर्धा हुँदैछ । यो खेल नेपाली समय अनुसार राति ७ः४५ बजे सुरु हुनेछ ।








प्रतिक्रिया