काठमाडौं । यामाहा नेपालले बुढानीलकण्ठस्थित इटालिटार, गणेश चोकमा नयाँ थ्रीएस शोरूम ‘व्हिलिश ग्यालोर प्रालि’ औपचारिक रूपमा उद्घाटन गरेको छ ।
यामाहा नेपालको यस १०३ औं शोरूमको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका यातायातमन्त्री जयराम थापाले गरेका थिए । कार्यक्रममा विशेष अतिथिहरूका रूपमा बुढानीलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारी, उपमेयर अनिता लामा, तथा एमएडब्लू राइड्स प्रालिका कार्यकारी निर्देशक तथा सीईओ दीपककुमार अग्रवाल लगायतको उपस्थिति रहेको थियो ।
नयाँ शोरूममा बिक्री, सेवा र स्पेयर पार्ट्स एउटै छानामुनि उपलब्ध गराइएको छ, जसले बुढानीलकण्ठ तथा आसपासका राइडरहरूलाई आवश्यक सबै सेवाहरू एउटै स्थानमा सहज रूपमा प्राप्त गर्न सहयोग गर्नेछ । दक्ष जनशक्ति र आधुनिक पूर्वाधारसहित स्थापना गरिएको व्हिलिश ग्यालोर प्रालिले ग्राहकहरूलाई हरेक पटक सहज र भरपर्दो सेवा प्रदान गर्ने लक्ष्य राखेको छ ।
कार्यक्रममा बोल्दै अग्रवालले भने, “बुढानीलकण्ठमा यो शोरूम सञ्चालन हुनाले यामाहाको अझ धेरै ग्राहकहरूसम्म पुग्ने र गुणस्तरीय सेवा सहज रूपमा उपलब्ध गराउने प्रतिबद्धतालाई सकार बनाउन सहयोग गर्ने छ। प्रत्येक नयाँ आउटलेटले नेपालभर सशक्त र संगठित सञ्जाल निर्माणतर्फको हाम्रो प्रयासलाई अगाडि बढाउँछ ।”
बुढानीलकण्ठ शोरूमले काठमाडौं उपत्यकामा यामाहा नेपालको विस्तार हुँदै गएको उपस्थितिलाई थप मजबुत बनाउँदै स्थानीय राइडरहरूलाई यामाहाका सम्पूर्ण मोटरसाइकल तथा स्कुटर लाइनअप, जेनुइन स्पेयर पार्ट्स र व्यावसायिक सेवामा सहज पहुँच प्रदान गर्ने कम्पनीले जनाएको छ ।
एमएडब्लू राइड्सअन्तर्गत सञ्चालन भइरहेको यामाहा नेपालले गुणस्तर, विश्वसनीयता र ग्राहक सन्तुष्टिलाई प्राथमिकता दिँदै आफ्नो सञ्जाल विस्तार गरिरहेको छ, जसले यसलाई देशकै एक विश्वसनीय मोटरसाइकल ब्रान्डका रूपमा स्थापित गरेको जनाएको छ ।








प्रतिक्रिया