काठमाडौं । विश्व प्रेस स्वतन्त्रता दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रमहरु गरेर मनाइँदैछ । दिवसको अवसरमा नेपाल पत्रकार महासंघले काठमाडौंको माइतीघरमा ऐक्यवद्धता र्याली निकालेको छ ।

महासंघले ‘शान्तिपूर्ण भविष्यको निर्माण : मानव अधिकार, विकास र सुरक्षाका लागि प्रेस स्वतन्त्रताको प्रवर्द्धन’भन्ने नारासहितको ऐक्यवद्धता र्यालीको आयोजना गरेको हो ।
र्यालीमा सहभागीहरुले ‘रास्वपाको सत्ता, प्रेस स्वतन्त्रता बेपत्ता ?’, ‘प्रेस स्वतन्त्रताको रक्षा गर’, ‘प्रेस स्वतन्त्रता नागरिक अधिकारको मेरुदण्ड हो’, ‘पूर्ण प्रेस स्वतन्त्रता संविधानको बाचा, सरकारी सूचना साझा’, ‘प्रेस स्वतन्त्रता सम्झौता होइन, अधिकार हो’ लगाएत लेखिएका पम्पलेट बोकेका थिए ।
तस्वीरहरु : सक्षम घिमिरे









प्रतिक्रिया