चीन । सन् २०२६ को जुनमा आयोजना हुने फिफा विश्वकपक फुटबलका लागि चीनमा विश्वकपसम्बन्धी सामग्रीहरुको उत्पादनलाई तीव्रता दिइएको छ ।
पूर्वी चीनको यिवु शहरका व्यापारीहरूले प्रतियोगिता अगाडि विश्वकपका सामानहरूको अर्डर भर्न व्यस्त देखिन्छन् । बलदेखि जर्सीसम्मका सामग्रीहरुको अन्तर्राष्ट्रिय व्यापार बजारको प्रवद्र्धनमा व्यवसायीहरुलाई भ्याइनभ्याइ छ ।
यस वर्षको प्रतियोगिता मेक्सिको, अमेरिका र क्यानडा तीन देशहरूमा खेलिने तथ्यले व्यापार बढ्ने देखिन्छ । ‘प्रतियोगिता तीन देशहरूले आयोजना गरिरहेको हुनाले यसको मात्रा पहिलेभन्दा अझ बढी हुन सक्छ । अघिल्ला विश्वकपहरूको तुलनामा अर्डरहरू ५० प्रतिशतले बढ्न सक्छन् । आज, हामी हवाई मार्गबाट पठाउनको लागि अर्डर पनि तयार गर्दैछौँ,’ व्यापारी चेन जियानले भने ।
भन्सार तथ्याङ्क अनुसार यस वर्ष जनवरी र फेब्रुअरीमा ३४ करोड अमेरिकी डलरको खेलकुद सामान निर्यात गरेको छ । जुन वार्षिक रूपमा लगभग ३९ प्रतिशतले वृद्धि हो ।
२०२६ को विश्वकप जुन ११ मा सुरु हुँदैछ । सीसीटीभीप्लस









प्रतिक्रिया