९ असार २०८३, मंगलबार

डोजर चल्ने त्रासमा छन् तिलगंगाबासी

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

–सुजन तिमल्सिना

काठमाडौं । काठमाडौं महानगरपालिका वडा ८ तिलगंगा– ‘बी १३’का बासिन्दाहरू त्रासमा छन् । उनीहरूको बस्ती खाली गराउन सरकारले बिहीबार माइकिङ गरेपछि उनीहरूमा त्रास सिर्जना भएको छ ।

करिब एक सय घर हाराहारी बसोबास गरिरहेका स्थानीयहरूलाई पशुपति क्षेत्र विकास कोषले समयानुकूल मुआब्जा प्रदान गरी आवश्यक बस्नका लागि गोठ्ठाटारमा जग्गा उपलब्ध गराउने सहमति भए पनि विकास कोषले सम्झौता अनुसार जग्गा उपलब्ध नगराएपछि स्थानीयहरू आवाजविहीन बनेका हुन् ।

उनीहरुको गुनासो छ– ‘हामी कहाँ जाने ?, कहाँ बस्ने ? र कसरी जीविकोपार्जन गर्ने ? भनेर पटकपटक भन्दै आइरहेका छौँ ।’

विकास कोषले पटकपटकको सम्झौतालाई बेवास्ता गर्दै स्थानीयलाई जग्गा प्रदान नगर्दा यहाँका स्थानीयहरूको बस्तीमा सरकारले डोजर चलाउने भएको हो ।