काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले आन्तरिक पर्यटन प्रर्वद्धन गर्ने हेतुले आफ्ना अभिकर्ताहरुका लागि २ रात ३ दिनको मनोरञ्जनात्मक नारायणी क्रुज सफारी कार्यक्रम चितवनको सौराहस्थित होटल सेभेन स्टारमा सम्पन्न गरेको छ ।
कम्पनीका अनुसार संस्कृति, सौहार्द र सयरको संगम भन्ने नाराका साथ २०८२, फागुन र चैत महिनामा सञ्चालन गरेको मासिक योजनाअन्तर्गत लक्ष्य पूरा गर्न सफल अभिकर्ताहरुलाई भरपुर मनोरञ्जन दिनेगरी कार्यक्रम सम्पन्न गरिएको थियो ।
कम्पनीका एजेन्सी विभाग प्रमुख तथा विभिन्न शाखाका शाखा प्रमुखहरुसहित देशैभरीबाट उत्कृष्ट व्यवसाय गरी योजनामा छनौट हुन सफल भएका ३५४ जना वरिष्ठ अभिकर्ताहरुले सहभागिता जनाएका उक्त कार्यक्रममा इन्द्रेणी ग्रुपका सञ्चालक एवं चर्चित कलाकारहरूले उत्कृष्ट लोकदोहोरी तथा नृत्यहरु प्रस्तुत गरेका थिए । प्रस्तुतीमा सहभागी अभिकर्ताहरुले पूर्ण मनोरञ्जन लिएको र नेपालको एक मात्र क्रुजमा यात्रा गर्ने अवसर प्रदान गरेकोमा कम्पनीप्रति आभार व्यक्त गर्दै यस प्रकारको कार्यक्रमबाट मनोरञ्जनका साथै आफ्नो वृत्ति विकासमा समेत योगदान पुर्याउने विश्वास व्यक्त गरेका थिए ।








प्रतिक्रिया