१० असार २०८३, बुधबार

शुद्ध मन, बुद्ध मन

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

–डा. गणेशप्रसाद भट्टराई

मलाई थाहा छैन मन के हो ? शुद्ध मनले शान्ति कसरी ल्याउँछ त्यो पनि थाहा छैन । आज बुद्धलाई अघि राखेर सोध्न मन छ, मन किन दुख्छ, कसरी बुझ्छ र शान्त हुन्छ ?

म मनोलोकको शान्ति खोज्न एकान्तमा विहार, चैत्य, स्तूप, वन, नदी, पहाड समीप पुग्छु । मन के हो भन्ने सोच्न थाल्छु । अन्तस्करणले भन्छ मन नै सबै कुरा हो । मन आफैले बनाउने कुरा हो । जसरी सोचिन्छ, त्यसरी नै मन बन्छ । धर्म सोचे धर्म बन्छ, पाप सोचे पाप बन्छ । कर्म सोचे कर्म बन्छ, शान्ति सोचे शान्ति मिल्छ । खोज्न भित्र पस्नुपर्छ, हावाभित्र, पानीभित्र, माटाभित्र, मनभित्र । शान्ति भित्रबाट बाहिरतिर आउँछ । भत्र नै खेज्नुपर्छ, बाहिर खोज्नु व्यर्थ छ । शान्तिका लागि प्रेम चाहिन्छ । घृणाले घृणा समाप्त गर्दैन, घृणाको अन्त्य र शान्तिको प्राप्ति प्रेमको वशमा छ ।

म मानिसक र सामाजिक युद्धको सन्त्रासमा छु । चुलो र गाँसको तड्पाइमा छु । मन त्रस्त छ । आँखाको दृष्टिमा मनलाई जित्ने साधन छैन । आफ्नो मनलाई जित्नु हजार युद्ध जित्नुभन्दा ठुलो हो भन्ने पढेको छु तर पीडाको युद्ध जित्ने हतियार छैन । युद्धले क्रोध जन्माउँछ । क्रोध पछ्याउनु अरूलाई जलाउने आशामा आफैँ जल्नु हो । जलन सत्य होइन, सत्यको मार्ग सधैँ शुद्ध मनबाट सुरु हुन्छ । शुद्ध मनको बीजारोपण र मलजल परोपकार र सहअस्तित्वले गर्छ । मैले यो बुझ्न सकेको छैन । बुद्धको खोजी बाँकी नै छ ।

आफ्नो मनलाई नियन्त्रण गर्न सक्ने मात्र लोकमा साँचो विजेता कहिन्छ । विजेताले अरुको मन कुल्चन होइन, बुझ्न जान्नुपर्छ । करुण धर्म हो, निरपेक्षता हो ।

आफ्नो मनलाई नियन्त्रण गर्न सक्ने मात्र लोकमा साँचो विजेता कहिन्छ । विजेताले अरुको मन कुल्चन होइन, बुझ्न जान्नुपर्छ । करुण धर्म हो, निरपेक्षता हो । करुणाले पलपलमा सुख दिन्छ । सुख बाहिरी वस्तुमा होइन, मनको अन्तःअवस्थामा हुन्छ । शुद्ध मनलाई साधन बनाई आफूभित्रको संसार चिन्नेले मात्र सुख भोग गर्छ । जीवनको साध्य प्राप्त गर्छ ।

बुद्ध मन भन्छ– अहिंसा सबैभन्दा ठुलो मानव शक्ति हो । मनोशुद्धि शान्तिको मार्ग हो । अशुद्ध मनले कहिल्यै शान्ति पाउँदैन । आँखा र सोच शुद्ध हुन मन शुद्ध हुनुपर्छ । धैर्य र संयमले मनलाई शुद्ध बनाउँछ । तर बुद्ध ! मानिसले यो कहिले र कसरी बुझ्न सक्छ ? जीवन विश्वविद्यालयले अझै पाठ्यक्रम बनाएकै छैन । कर्ममा मनको प्रयोग कहिले हुन्छ ? द्वेषले प्रतिकारको भाव जन्माउँछ । क्षमाले मन शुद्ध पार्छ । मानिसले दोषी बजारबाट क्षमा किनेर शान्तिको परिकार बनाउन सक्नुपर्छ । मनको शुद्धता साँचो पूजा र भक्तिको उचाइ हो । उन्नत बीजले उन्नत फल दिन्छ । सही सोचले सही जीवन निर्माण गर्छ । बीज अँध्यारामा मात्र अङ्कुरण हुन्छ । शान्ति अङ्कुरण गर्ने त्यो अँध्यारो कहाँ होला ?

संसार परिवर्तनशील छ तर संसार परिवर्तन गर्न मन परिवर्तन हुनुपर्छ । स्वार्थसिद्धिले काया परिवर्तन गर्ला तर मन परिवर्तन गर्दैन । लोभ र मोह त्याग्नु शुद्ध मनको पहिलो सिँढी हो । आन्दप्राप्तिको सुवास हो । साँचो आनन्द सन्तुष्टिमा हुन्छ र यसले सकारात्मक सोचको द्वार खुला गर्छ । सकारात्मक सोचले जीवन उज्यालो बनाउँछ । उज्यालो दृष्टि हो, बाहिरी संसार हो । आत्मज्ञानले मनलाई शान्त बनाउँछ ।

ध्यान मन शुद्ध पार्ने उपाय हो । आँखा चिम्लनु वा शरीरमा कम्पन हुनु मात्र ध्यान होइन । ध्यान आफ्नो भित्री संसारलाई पारदर्शी बनाउनु हो । हावाले पारदर्शी हुन आफ्नो स्वरूप लुकाएझैँ ध्यानको सत्य आफू हराउनुमा छ ।

ध्यान मन शुद्ध पार्ने उपाय हो । आँखा चिम्लनु वा शरीरमा कम्पन हुनु मात्र ध्यान होइन । ध्यान आफ्नो भित्री संसारलाई पारदर्शी बनाउनु हो । हावाले पारदर्शी हुन आफ्नो स्वरूप लुकाएझैँ ध्यानको सत्य आफू हराउनुमा छ । म जान्दछु भन्ने अज्ञान दुःखको मूल कारण हो । दुःख नहटी ध्यानको आनन्द प्राप्त हुँदैन । सत्य, प्रेम र करुणामयी ध्यानले समाजलाई बलियो बनाउँछ । बलियो समाजले मन तिन्छ । मन जिते संसार जितिन्छ । संसार मानवताले जित्न सक्छ । दया र सहानुभूति मानवताको चिह्न हो । मानवताको पहिचान सदाचार हो । सदाचारले मनलाई उज्यालो बनाउँछ । मनको नियन्त्रण जीवनको सफलता हो । बुद्ध मन हो । जीवन यात्रामा सफल हुन नसक्नु शान्तिको अपूर्णता हो ।

सोच्छु, मन किन अशान्त हुन्छ ? मनोलोकको उत्तर पाउँछु, हिंसा र द्वेषले मनलाई अशान्त बनाउँछ । अशान्ति हटाउन धर्म गर्नुपर्छ । धर्म भनेको कर्म हो । कर्म गर्न सबै इन्द्रियको पवित्र सक्रियता चाहिन्छ । कानले सत्य नसुने शुद्धसञ्चार हराउँछ । आँखाले साकार नदेखे आत्मसंयमले बाटो बिराउँछ । आत्मसंयमबिना शुद्धता सम्भव छैन । शुद्ध मनको प्रतिच्छायासम्म देखिँदैन । ममा आत्मसंयम डगमगाएको छ । स्थिरताको खोजीमा समय कटेको पत्तै छैन ।

मलाई थाहा छ, अहङ्कारले मनलाई अन्धकारमा डुबाउँछ । अन्धकारमा मनले सन्तुलन गुमाउँछ । असन्तुलनले लक्ष्यमा पुर्‍याउँदैन ।

मलाई थाहा छ, अहङ्कारले मनलाई अन्धकारमा डुबाउँछ । अन्धकारमा मनले सन्तुलन गुमाउँछ । असन्तुलनले लक्ष्यमा पुर्‍याउँदैन । सन्तुलित जीवन शुद्ध मनको आधार हो । सही मार्गमा हिँड्दा मन शान्त हुन्छ । शान्तिका लागि रोजेको मार्ग शान्त र सही हुनुपर्छ । पिपल चौतारो र क्षितिजसम्मको दृष्टि शुद्ध हुनुपर्छ । जगत्‌लाई हेर्ने आत्मीय दुरी घट्नुपर्छ । प्रेमले सबै दुरी मेटाउँछ । सबै दुरी हटेपछि मानिस बिन्दुमय हुन्छ । हरेक सूक्ष्म बिन्दुमा अनन्त ज्ञान हुन्छ । मनको शुद्धता नै साँचो ज्ञान हो । शुद्ध मनबाट सकारात्मक ऊर्जा आउँछ । साँचो मित्रता जन्मिन्छ । मन सफा भए संसार सुन्दर देखिन्छ ।

क्षमा मानिसको सर्वोत्तम साहस हो । ईर्ष्या र घृणा मनका शत्रु हुन् । शत्रुको सेवाले मानसिक द्वन्द्व र सन्त्रास निम्त्याउँछ । यसले बाहिरी सौन्दर्यलाई सफेद देखाउँछ । ध्यान र ज्ञानले बाहिरी सुन्दरताभन्दा भित्री शुद्धता संवेद्य छ भन्ने नबुझाए मनको धन हराउँछ । सन्तोष मनको धन हो । सन्तोषको सङ्ग्रह सुखी भाव हो । मनको शान्ति साँचो सुख हो ।

शान्ति र कर्मको अन्तरसम्बन्ध हुन्छ । इन्द्रियको थकान नैराश्यको कारक हो । कर्मले अभ्यासलाई मित्र बनाउँछ ।

शान्ति र कर्मको अन्तरसम्बन्ध हुन्छ । इन्द्रियको थकान नैराश्यको कारक हो । कर्मले अभ्यासलाई मित्र बनाउँछ । दैनिक अभ्यासले मन शुद्ध हुन्छ । शुद्ध मनमा सत्य अन्तर्घुलित हुन्छ । सत्य र नैतिकताले जीवन उज्यालो बनाउँछ र आत्मोन्नति हुन्छ । आत्मसुधार साँचो प्रगति जाँच्ने सूचक हो । मानसिक र सामाजिक द्वन्द्व समाधानको आधार शान्त मन हो । शान्तमनले प्रकृतिसँगको सहकार्य खोज्छ । मानवीय सहयोग र सहकार्य पनि शुद्ध मनबाट सम्भव हुन्छ । मानवता धर्मको सार हो । शुद्ध मन साँचो बुद्धत्व हो ।

शुद्ध मनले बुद्ध मनको खोजी गर्छ । बुद्ध मन शान्तिको आधार हो । मलाई नयाँ बुद्ध खोज्ने मन छ ।