२ श्रावण २०८३, शनिबार

आईपीएल : गुजरातले रोयल च्यालेन्जर्सलाई ४ विकेटले हरायो

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । जारी आईपीएल क्रिकेटमा गुजरात टाइटन्सले रोयल च्यालेन्जर्स बैंगलुरुलाई पराजित गरेको छ ।

गएराति सम्पन्न खेलमा गुजरातले बैंगलुरुलाई ४ विकेटले पराजित गरेको हो ।

बैंगलुरुले दिएको १५६ रनको लक्ष्य पछ्याएको गुजरातले १५.५ ओभरमा ६ विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो ।

गुजरातको जितमा कप्तान शुभमन गिलले सर्वाधिक ४३ रन बनाएका थिए भने जोस बटलरले ३९ र राहुल तेबातियाले अविजित २७ रन बनाएका थिए ।

त्यस्तै, बैंगलुरुका बलर भुवनेश्वर कुमारले ३ विकेट लिए भने रोमारियो शेफर्डले २ विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको बैंगलुरुले १९.२ ओभरमा अल आउट हुँदै १५५ रन बनाएको थियो । बैंगलुरुका लागि देवदत्त पाडिकलले सर्वाधिक ४० रन बनाएका थिए भने विराट कोहलीले २८ र कप्तान रजत पाटीदारले १९ रन बनाएका थिए ।

त्यस्तै, गुजरातका बलर अर्षद खानले ३ विकेट लिए भने राशिद खान र जासन होल्डरले २/२ विकेट लिए ।

यो जितपछि गुजरातको ९ खेलमा १० अंक भएको छ र पाँचौं स्थानमा उक्लिएको छ । बैंगलुरुको ९ खेलमा १२ अंक रहेको छ र दोस्रो स्थानमा रहेको छ ।

आइपीएलअन्तर्गत आज राजस्थान रोयल्स र दिल्ली क्यापिटल्सबीच खेल हुँदैछ ।