२४ असार २०८३, बुधबार

पूर्वमन्त्री रामशरण महतको स्वास्थ्य परीक्षण गर्न अदालतको आदेश

5.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काँग्रेस नेता एवम् पूर्वमन्त्री रामशरण महतको स्वास्थ्य परीक्षण गर्न अदालतले आदेश दिएको छ ।

आज विशेष अदालतले पोखरा विमानस्थल निर्माणमा भ्रष्टाचारको आरोप लागेका पूर्वअर्थमन्त्री महतको स्वास्थ्य अवस्था परीक्षण गर्न आदेश दिएको हो ।

भ्रष्टाचार मुद्दा दायर भएपछि डा. महतकी पत्नी रोशनी महतले आफ्ना पति डिमेन्सिया रोगबाट ग्रसित भएको र दुई वर्षदेखि गम्भीर मानसिक तथा शारीरिक स्वास्थ्य समस्याका कारण होस ठेगानामा नरहेकाले महतविरुद्धको मुद्दालाई मुल्तवीमा राख्न माग गर्दै रिट दायर गरेकी थिइन् ।

विशेष अदालतका सदस्यहरु नारायणप्रसाद पौडेल, सदस्यहरु डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले महतको स्वास्थ्य परीक्षण गर्न आदेश दिएको हो ।

विशेष अदालतको आदेशमा भनिएको छ, ‘डा. रामशरण महतको स्वास्थ्य अवस्थाको सम्बन्धमा वीर अस्पतालको मेडिकल बोर्डबाट जाँच गराइ सोको प्रतिवेदनसहित नियमानुसार प्रस्तुत निवेदन इजलास समक्ष पेश गर्नू ।’

अख्तियारले गत मंसीरमा पोखरा विमानस्थल निर्माणमा भ्रष्टाचार भएको दावी गर्दै महतसहित ५६ जनाविरुद्ध भ्रष्टाचारमुद्दा दायर गरेको थियो ।