२६ असार २०८३, शुक्रबार

एनआईसी एशिया बैंकद्वारा सरस्वती माविलाई खानेपानी ट्यांकी र पम्प प्रदान

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत गोदावरी–५, कैलालीस्थित सरस्वती माध्यमिक विद्यालयमा स्वच्छ खानेपानी उपलब्ध गराउने उद्देश्यका साथ फिल्टरसहितको खानेपानी ट्यांकी र पम्प उपलब्ध गराएको छ ।

विद्यार्थीहरुलाई स्वच्छ खानेपानी उपलब्ध गराउने उद्देश्यका साथ पानी फिल्टरसहितको ट्यांकी र पम्प प्रदान गरिएको बैंकले जनाएको छ ।

बुधबार एक कार्यक्रमकाबीच बैंकका सर्कल हेड धनगढीका दीपक विष्टले विद्यालयका प्रधानाध्यापक योगेन्द्रराज ओझालाई खानेपानी ट्यांकी र पम्प हस्तान्तरण गरेका हुन् ।

फिल्टरसहितको खानेपानी ट्यांकी र पम्पले स्वच्छ खानेपानी उपलब्ध हुनुका साथै यसले विद्यार्थीहरुको स्वास्थ्य र शैक्षिक वातावरणमा समेत सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।