२४ असार २०८३, बुधबार

ओमानसँग नेपालको लज्जास्पद हार

462
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको आज भएको खेलमा नेपाल ओमानसँग पराजित भएको छ ।

डीएल पद्धति अनुसार नेपाल १०२ रनले पराजित भएको हो । ओमानले दिएको ३०६ रनको लक्ष्य पछ्याएको नेपाल ३६ ओभर ५ ओभरमा ७ विकेट गुमाएर १५५ रन बनाउँदा वर्षा भएपछि खेल रोकिएको थियो ।

नेपालका लागि उपकप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ६० रन बनाए । उनले ६२ बलमा ७ चौका र एक छक्का प्रहार गरे । ओपनर कुशल भुर्तेल एक, आसिफ शेख १९, भीम सार्की २८, कप्तान रोहित पौडेल १०, बसिर अहमद १ र आरिफ शेख १४ रनमा आउट भए । गुल्सन झा १४ र सोमपाल कामी २ रनमा अविजित रहे । बलिङमा ओमानका नदीम खानले सर्वाधिक ३ विकेट लिए । शकील अहमदले २ र वासिम अली र इम्रान मोहम्मदले एक(एक विकेट लिए ।

त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको ओमानले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३ सय ५ रन बनाएको थियो । ओमानका लागि कप्तान जतिन्दर सिंहले शतक प्रहार गरे ।

नेपालले आफ्नो तेस्रो खेल शुक्रबार युएईसँग खेल्नेछ ।